Rule 39
प्राथमिक शिक्षा सिकाई उपलब्धि परीक्षण सम्बन्धी व्यवस्था
(१) प्राथमिक तहका कक्षा तीन र पाँचका विद्यार्थीहरूको सिकाई उपलब्धि परीक्षण गर्नको लागि प्रत्येक श्रोत केन्द्रमा देहाय बमोजिमको एक सिकाई उपलब्धि परीक्षण समिति रहनेछः–
(क) श्रोतकेन्द्र रहेको विद्यालयको प्रधानाध्यापक – अध्यक्ष
(ख) श्रोतकेन्द्र अन्र्तगतका विद्यालयका शिक्षकहरूमध्येबाट सबै तहका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सहित सिकाई उपलब्धि परीक्षण समितिका अध्यक्ष तथा सदस्य–सचिवको सिफारिसमा सम्बन्धित विद्यालय निरीक्षकले मनोनीत गरेका तीनजना –सदस्य
(ग) श्रोतव्यक्ति – सदस्य–सचिव
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले विद्यार्थीको सिकाई उपलब्धि परीक्षण गर्न आवश्यक पर्ने परीक्षा सम्बन्धी सम्पूर्ण काम गर्नेछ ।
(४) उपनियम (१) बमोजिमको समितिलाई विद्यार्थीको सिकाई उपलब्धि परीक्षण गर्न आवश्यक पर्ने परीक्षा सम्बन्धी सम्पूर्ण काममा सहयोग पु¥याउनु विद्यालयको कर्तव्य हुनेछ ।